नेप्से घटेसँगै २४ कम्पनीको बढ्यो सेयर मूल्य

754
shares

काठमाडौं ।

कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक २६.२२ अंक ९०.९२ प्रतिशत०ले घटेर २७९६.२४ बिन्दुमा पुगेको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

२२५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । सिटी होटल लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् भने सिक्लेस हाइड्रोपावरका सेयरधनीले धेरै गुमाएका छन् ।