गणेशमान स्मृति भवन र इच्छुक भवनलाई क्याबिनेटले नै स्वीकृति दिएको खुलासा
वि.सं.२०८२ भदौ १० मंगलवार ०८:३६
shares
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. २९ मा निर्मित वीर गणेशमान सिंह ज्येष्ठ नागरिक भवनको जग्गालाई मन्त्रिपरिषद्ले भोगाधिकार दिएको खुलासा भएको छ ।
वि.सं २०६८ मै दिवंगत पत्रकार कृष्णसेन इच्छुकको नाममा बनेको स्मृति भवनको मन्त्रिपरिषद्बाट भोगाधिकार लिएको प्राधिकरण स्रोतले बतायो ।
मन्त्रिपरिषद्बाट भोगाधिकार लिएर बनाएका जग्गा तथा भौतिक संरचना कानुनसम्मत नै रहने भूमि सम्बन्धीका जानकारहरू बताउँछन् ।
यसअघि विभिन्न सञ्चार माध्यममा वीर गणेशमान सिंह ज्येष्ठ नागरिक भवन र दिवंगत पत्रकार कृष्णसेन इच्छुकको नाममा बनेको स्मृति भवन सार्वजनिक जग्गा मिचेर भवन बनाएको भन्दै समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकोमा उक्त जग्गाबारे हाल विवादको अर्थ नरहेको पनि स्रोत बताउँछ ।





