ग्रे लिस्टको दबावमा सरकार: सहकारीहरूबाट मागियो वित्तीय विवरण

1.33K
shares

काठमाडौं ।

सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसियारप्यासिफिक ग्रुप अन मनी लाउन्डिरिङको ग्रे लिस्ट सन्दर्भ देखाउँदै सहकारीहरूको विवरण माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाएर सहकारी विभागले जोखिममा आधारित सहकारी संघरसंस्थाहरूको अनुगमन गर्नको लागि सहकारीहरूको विवरण माग गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै सहकारी संघरसंस्थाहरूले साउन मसान्तभित्र गुगल फर्ममा विवरण प्रविष्ट गराउने गरी स्थानीय तहहरूलाई परिपत्र गरिदिन गरेको अनुरोधअनुसार सामान्य प्रशासन मन्त्रालयले सो पत्र पाठएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागले जोखिममा आधारित सहकारी संघरसंस्थाहरूको अनुगमन गर्ने प्रयोजनको लागि सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (प) को उपदफा (२) बमोजिम आर्थिक वर्ष ०८१/८२ को विवरण गुगल फर्ममार्फत प्रविष्ट गर्न भनेको छ ।