जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी सहित केन्द्रीय नेता नेपाली कांग्रेसमा प्रवेश

689
shares

सर्लाही । आसन प्रतीनिधि सभा निर्बाचन नजिक आउँदै गर्दा चुनाबी माहोल पनि त्यतिकै तातिएको छ । आजको चुनाबी अभियान मतदाता कार्यकर्ता भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केहि केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Arghakhachi Cement

शनिबार अचलगढ, बलरामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकोमा सोहीका जनता समाजवादी पार्टी नेपाल जसपाका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका महासचिव मनिष मिश्र, केदारसिंह ठटौला सहित सयौँ कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

Shivam Cement

चुनावी  अभियान तथा भेटघाटमा रहेका नेपाली कांग्रेस सभापति सोही सर्लाही ४ का उम्मेदवार गगन कुमार थापाले नवप्रवेशी नेताहरूलाई पार्टी प्रब्र्शमा भब्या स्वागत गरे । सभापती थापा चुनावी अभियानका मतदाता भेटघाटका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर अभियानमा उत्साहित भएका छन ।