सार्वजनिक गर्यो रास्वपाले नागरिक करार, पाँच वर्षमा यी कार्य
वि.सं.२०८२ फागुन ३ आइतवार २१:४८
shares

काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’सार्वजनिक गरिएको छ। आसन प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने मा विजयी भएको खण्डमा पाँच वर्षमा गर्ने कामहरू उल्लेख गरी नागरिक करार सार्वजनिक गरेको हो।
रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना तथा पारदर्शी शासनको प्रतिबद्धता जनाएको छ।
साथै सरकारी सेवाको डिजिटल डेलिभरी विस्तार, लाइसेन्स लगायत सेवामा हुने बिचौलिया नियन्त्रण र २०८६ सम्म भ्रष्टाचार सूचकांकमा उल्लेख्य सुधार गर्ने प्रतिबद्धता गरिएको छ।
मध्यम वर्ग विस्तारलाई दोस्रो प्राथमिकतामा राख्दै औसत वार्षिक प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्याउने, कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर नाघ्ने बनाउने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ। सार्वजनिक शिक्षामा सुधार र ‘एकीकृत सामाजिक सुरक्षा’को अवधारणासहित आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउने उल्लेख गरिएको छ।
करारमा भ्रष्टाचार नियन्त्रण र असल शासनलाई पहिलो प्राथमिकतामा राखिएको छ। पार्टीले ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य निर्माण गर्ने लक्ष्य लिएको छ।






