आज काठमाडौं महानगरको बजेट सार्वजनिक हुने
वि.सं.२०८२ असार २९ आइतवार ११:५३
1.7K
shares
shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नगरसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको बैठकले आजै बस्ने नगरसभामा आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको हो ।
महानगरको नगरसभा बैठक आजै दिउँसो २ बजेका लागि तय गरिएको छ ।












