पूर्व प्रधानमन्त्री देउवा साउन भित्रै स्वदेश फर्कने विज्ञप्ति जारी

507
shares

काठमाडौं — पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले साउन भित्रै स्वदेश फर्कने बताएका छन्। उपचारका लागि हाल हङकङमा रहेका देउवा यही महिनाभित्र नेपाल फर्कने तयारीमा रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

यसैबीच, बिपी कोइरालाको स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै देउवाले स्वास्थ्य उपचारका कारण विदेशमा रहे पनि आफ्नो ध्यान देश, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको बताएका छन्। उनले पछिल्ला राजनीतिक घटना क्रमप्रति गम्भीर चासो व्यक्त गर्दै प्रतिशोधात्मक राजनीति र प्रतिपक्ष माथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्ति लोकतन्त्रका लागि स्वीकार्य नहुने उल्लेख गरेका छन्।

देउवाले आफू चाँडै नेपाली भूमिमा फर्किन लागेको उल्लेख गर्दै लोकतन्त्र, न्याय र नेपाली जनताप्रतिको आफ्नो विश्वास अटल रहेको बताएका छन्।

देउवा दम्पतीमाथि जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो। त्यसपछि उपचारका लागि देउवा पटक पटक विदेश गइरहेका छन्।

यस्तो छ विज्ञप्ति-

created by Background Eraser