शिवम् सिमेन्ट, ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’को मुख्य प्रायोजक
वि.सं.२०८२ साउन ३० शुक्रवार १५:११
shares

काठमाडौं ।
अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा। उज्जवल पाटनीद्वारा प्रस्तुत हुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम काठमाडौंमा आयोजना हुने भएको छ । आगामी भदौ १२ गते काठमाडौंको म्यारीयट होटलमा आयोजना हुने भएको हो । शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने भएको छ ।
व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।
नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल, तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन गर्नु कार्यक्रम आयोजकको रहेको छ । कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूती गर्न पाउनेछन ।
साउन २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा जिनियस टल्क्सका प्रबन्धक कृष्ण शाहले डा। पाटनीले भारतसहित विभिन्न देशमा १० हजारभन्दा बढी यस्ता सेमिनार सम्पन्न गरिसकेको जानकारी दिँदै यो काठमाडौंको पहिलो शो भएको बताए।
भारत र अन्य देशमा सफल साबित भइसकेको ‘बिजनेस ब्लु प्रिन्ट’ कार्यक्रमको नेपाल संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको दाबी छ । कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।












