चितवनमा ३ दिने राष्ट्रिय कृषि वैज्ञानिक सम्मेलन हुँदै
वि.सं.२०८२ भदौ १२ बिहीवार ०९:१९
shares

चितवन।
कृषि तथा सम्बन्धित विज्ञानमा विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संघ नेपाल, स्थानीय समिति एएफयू रामपुर, चितवनले भदौ १४ गतेदेखि १६ गतेसम्म ‘वैज्ञानिक कार्यक्रम–२०८२’ को आयोजना गर्ने भएको छ।
‘नीतिदेखि हलोसम्म : वैज्ञानिक परियोजनामार्फत ग्रामीण रूपान्तरण’ भन्ने मूल नारासहित राष्ट्रिय मकै अनुसन्धान कार्यक्रम, रामपुर, चितवनमा तीन दिने सम्मेलन हुँदैछ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी, युवा अनुसन्धानकर्ता, नीति–निर्माता, विज्ञ, किसान तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।
साथै कृषि तथा सम्बन्धित विज्ञानमा विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संघ नेपालका विभिन्न स्थानीय कमिटी ,राष्ट्रिय कमिटी लगायेत अन्तराष्ट्रिय कमिटीद्वारा प्रतिनिधिहरुको आगमन सथै सकृय सहभागित रहने छ।
विज्ञान, अनुसन्धान र व्यवहारबीचको अन्तर घटाउँदै ग्रामीण विकासको मार्गचित्र कोर्ने उद्देश्यले नेपालले यस्तो बहुपक्षीय विद्या–अभिनव सम्मेलनको तयारी गरेको हो।
कार्यक्रमको मुख्य आकर्षणमा वैज्ञानिक कार्यपत्र प्रस्तुति, पोस्टर प्रतियोगिता, नीतिगत छलफल, कार्यशाला, व्यावहारिक तालिम तथा कृषिसम्बन्धी नवप्रवर्तन विषयमा प्रदर्शनी, सांस्कृतिक साँझ, कृषक भ्रमण, तथा नेटवर्किंग सेसनहरू रहने छन्।
विज्ञानमा आधारित नीति निर्माण, युवाको कृषि नेतृत्व, ग्रामीण समाजको सशक्तीकरण तथा दिगो कृषि प्रणालीको स्थापनामा कार्यक्रम केन्द्रित रहनेछ।
युवाहरू कृषि क्षेत्रको दिगो विकस उन्नतिमा आग्रसर भएका छन्, यसरी विभिन्न संघ संस्थाद्वरा विभिन्न विशेषज्ञहरूलाई राखी गरिने बहस र उक्त बहसको परिणाम युवा शक्तिका लागि कृषि विकासको क्षेत्रमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षना गरिएको छ ।
स्थानीय निर्देशक किरण खनालका अनुसार, ‘युवाहरूको जोश, अनुसन्धानमा आधारित परियोजनाहरू, वैज्ञानिक दृष्टिकोण र नीति निर्माणबीचको समन्वयबिना ग्रामीण रूपान्तरण असम्भव छ। कृषिमा सशक्त परिवर्तन ल्याउन यस किसिमका बहस आवश्यक छन्।’
सह(आयोजक फुड एण्ड एग्रिकल्चर यूथ इन्स्टिच्युटका प्रमुख उपेन्द्र भुषालले नेपाल जस्तो कृषिप्रधान देशमा विज्ञान, नवप्रवर्तन र युवा सहकार्यको सशक्त भूमिकाबारे जोड दिए।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, नीति निर्माता र क्षेत्रीय प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्। चितवन र आसपासका क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता, कृषक एवं सबै सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई ज्ञान, अनुभव तथा नवप्रवर्तन आदान–प्रदान गर्न आयोजक समितिले हार्दिक आह्वान गरेको छ।
थप जानकारी तथा सहभागिताका लागि नेपाल, रामपुर, चितवनमा सम्पर्क गर्न सकिने बताइएको छ।
उक्त सम्मेलनमा सम्पूर्ण सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको छ । ग्रामीण समाजको विज्ञानमार्फत रूपान्तरण र दिगो कृषि विकासको यात्रामा सबैको हातेमालो अपरिहार्य जरुरी छ।





