चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

2.28K
shares

काठमाडौं ।

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठकले आइजिपी नियुक्त गरेको हो।

एआईजी खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को प्रमुख छन् । खापुङ यसैवर्ष वैशाख १६ गते एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए ।

हालका आईजीपी दीपक थापा भदौ १८ गतेदेखि नियमित अवकाशमा जाँदैछन् । १९ गतेदेखि लागू हुने गरी खापुङलाई आईजीपीमा नियुक्त भएका हुन् ।