संसद भवनमा अनसन बस्ने माओवादी सांसद मोदीको चेतावनी

1.11K
shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले हुलाकी सडक नबनेकोमा आक्रोश ब्यक्त गरेका छन् ।उनले आफ्नो माग सम्बोधन नभएमा संसदमा नै अनसन बस्नेसमेत चेतावनी समेत दिएका छन् ।

आफूले पटक पटक सो बिषय उठान गरे पनि सम्बोधन नभएको भन्दै अनसनको चेतावनीसमेत दिएका हुन् । ‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो, आजसम्म बनेको छैन, जनताले सडकमा धान रोपाइँ गर्दैछन् । रकारलाई रुलिङ हुनुपर्‍यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने रु सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु,’ उनले भने ।