नेपाली कांग्रेस सल्यानले सभापति केश बहादुर विष्टलाई दियो टिकट

5.28K
shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले ४९  स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि नेपाली कांग्रेसले सल्यानमा जिल्ला सभापति केश बहादुर विष्टलाइ टुङ्याएको छ । जिल्ला समन्वय समिति सल्यानका प्रमुखपछि जिल्ला सभापती विष्ट २०७९ को स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । जिल्ला सल्यानको १४ औं महाधिवेशनमा शेर बहादुर देउवा पक्षबाट जिल्ला सभापतिमा निर्वाचित बिष्ट समाजसेबिमा उत्तिकै प्रख्यात छन्। कांग्रेसका सभापती केश वबहादुर विष्ट, सँग चुनाबी मैदान प्रतिस्प्र्धामा सल्यानमा ६ पार्टीका ६ उम्मेदवारको टुंगो लागेको छ। नेपाली  कांग्रेस बाट केश बहादुर विष्ट,नेकपा एमाले, गुलावजंग शाह,नेपाली कम्युनिस्ट पार्टी, रमेश मल्ल ,नेकपा (माओवादी) चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टी, ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अनिसा नेपाली उम्मेदवारिमा छन्।