प्रतिनिधि सभाको उम्मेदवार नबन्‍ने शेर बहादुर देउवा

1.83K
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने जानकारी गराएका हुन्।