कांग्रेस–एमालेका कार्यकर्ताले पनि भोट दिन्छन् जनार्दनको शर्मा
वि.सं.२०८२ माघ ९ शुक्रवार १५:२६
shares

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टी लोकप्रीय नेता जनार्दन शर्माले प्रतिनिधी सभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवारी दिएका छन । आफूलाई अन्य दलका कार्यकर्ताको पनि साथ रहने दाबी गरेका शर्माले आफू शर्मा यस पटक नयाँ पार्टी र नयाँ चुनाव चिन्ह ‘आँखा’ लिएर चुनाबी मैदानमा उभिएका छन ।
जनता माझ पुन जनतालाइ लाइ रिजाउने र बिकास प्रेमी काम गर्न सदैभ तत्पर रहेर कांग्रेस र एमालेका कार्यकर्ताले समेत मत दिने दाबी गरेका छन विगतमा चार पटक चुनाव जितिसकेको र संसद् विघटनका कारण पछिल्लो कार्यकालका अधुरा काम पूरा गर्न पाँचौँ पटक चुनावी मैदानमा उत्रिन लागेको उनले बताए ।
राष्ट्रिय राजनीतिमा देखिएको सङ्क्रमणकालीन अवस्थालाई सम्बोधन गर्न र संविधानको रक्षा गर्न पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको शर्माको तर्क र आफू सधैँ जनताको मागअनुसार चल्ने गरेको र यस पटक पनि जनताकै दबाब र उत्साहका कारण उम्मेदवार बनेको उनले स्पष्ट पारे ।
शर्माले रुकुमको विकासमा आफूले खेलेको भूमिका र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन् ।आफू सधैँ रुकुमको साझा उम्मेदवारको रूपमा रहेको र चुनाव जितेपछि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद नगरेकाले विपक्षी दलका कार्यकर्ताले समेत फोन गरेर ‘अभिभावक चाहियो’ भन्दै ढाडस दिएको शर्माको भनाइ छ ।












