लाओसविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, एन्जिला बेन्चमा, रेनुका कप्तान
वि.सं.२०८२ असार १५ आइतवार १७:५५
shares

काठमाडौं ।
उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा लाओससँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
टोलीको कप्तानमा रेनुका नगरकोटे छन् । गोलकिपर अन्जना रानामगर छन् । त्यस्तै सरस्वती हमालले डेब्यू गरेकी छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर छन् ।
मिडमा सरु लिम्बु, रेनुका, सरस्वतीसँगै सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् ।
खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।
नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न चाहन्छ । ऐतिहासिक खेलमा नेपाली खेलाडीहरू पनि उत्साहित छन् ।
महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं तथा लाओस १०७औं स्थानमा छन् ।












