सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी

1.92K
shares

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर ९प्रदेश ३–०१–००२ झ ५३६७० नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौंलाई समेत पत्राचार गरिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको खबर गोरखापत्रले छापेको छ ।