मेलम्ची नदीको जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

1.24K
shares

काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीले जलसतहले सतर्कता तह पार गरेको छ । नाकोटे जलमापन केन्द्रको तथ्याङ्क अनुसार यो बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ ।

मधेस प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।