राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी प्रायोजन खुल्ला आवेदन आह्वान

1.2K
shares

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ । प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि ३ वर्ष रहनेछ भने आपसी सहमतिमा बढाउन सकिने क्यानले जनाएको छ । प्रायोजनअन्तर्गत ब्रान्डको लोगो जर्सीको अगाडि रहनेछ ।

क्यानले जारी गरेको सूचनाअनुसार इच्छुक पक्षले भदौ १४ गते बिहान ११ बजेभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदनका साथमा ३० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ ।

आवेदन दिन कम्पनी दर्ता, भ्याटरप्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनीको प्रोफाइल र विगतका प्रायोजन अनुभव 9यदि भएमा) बुझाउनुपर्नेछ । यसअघि क्यानले पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि आवेदन खुला गर्दै नासा सेक्युरिटिजलाई प्रायोजक बनाइसकेको छ ।