दुर्गा प्रसाईंको कार्यक्रममै आत्म हत्याको चेतावनी दुई महिलाको विरोधले मच्चियो हलचल
वि.सं.२०८३ साउन १ शुक्रवार १८:००
shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहभागी कार्यक्रममा दुई महिलाले आत्महत्या गर्ने चेतावनी दिएपछि शुक्रबार राजधानीमा आयोजित कार्यक्रम केहीबेर प्रभावित भएको छ।
काठमाडौंको । एभरेस्ट होटलमा सम्पादकहरू सँगको अन्तरक्रिया कार्यक्रम चलिरहेका बेला प्रसाईंले देशको समसामयिक राजनीतिक र आर्थिक अवस्थाबारे आफ्नो धारणा राखिरहेका थिए। सोही क्रममा दर्शक दीर्घाबाट उठेका दुई महिलाले आफूहरूको समस्या सम्बोधन गर्न माग गर्दै चर्को स्वरमा विरोध जनाएका थिए। उनीहरूले माग पूरा नभए आत्म हत्या गर्ने चेतावनी समेत दिएका थिए।
महिलाहरू रुँदै मञ्चतर्फ अघि बढेपछि आयोजक तथा सुरक्षाक र्मीले तत्काल हस्तक्षेप गरी उनीहरूलाई रोकेका थिए। त्यसपछि केही समय कार्यक्रमको वातावरण तनावपूर्ण बने पनि स्थिति सामान्य भएपछि कार्यक्रम पुनः अघि बढाइएको थियो।
आत्महत्याको चेतावनी दिने महिलाहरू हेटौंडाकी शान्ति कुमारी कार्की र काठमाडौंकी सरिता कार्की रहेको खुलेको छ। उनीहरूले यस्तो कदम चाल्न खोज्नुको कारण भने सार्वजनिक गरिएको छैन।
कार्यक्रममा बोल्दै प्रसाईंले नेपाल अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको दाबी गरे। उनले देश भूराजनीतिको प्रभावमा परेको उल्लेख गर्दै आगामी दसैँको आसपास विदेशी सेना नेपाल आउने दाबी समेत गरे।
उनले वर्तमान परिस्थितिमा आमनागरिकको निराशा बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानमा राज्य गम्भीर नभए सिंह दरबार र बालुवाटार अगाडि एकै दिन ५० जनासम्मले आत्म हत्या गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पूर्ण अभिव्यक्ति दिएका थिए।
प्रसाईंको उक्त अभिव्यक्ति सँगै कार्यक्रम स्थलमा देखिएको विरोध र दुई महिलाको चेतावनीले केहीबेर कार्यक्रमको माहोल तनाव ग्रस्त बनेको थियो। घटनाबारे सम्बन्धित निकायबाट थप जानकारी आउने क्रम जारी रहेको छ।








