भोटेकोशीमा भीषण बाढी: प्रहरीका असईसहित १६ जना बेपत्ता

1.69K
shares

काठमाडौं ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा ३ जना प्रहरीसहित १८ जना सम्पर्कविहिन भएका छन्। चीनतर्फ वर्षा हुँदा नेपाल-चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीबाट ६ जना चिनियाँ नागरिक समेत रहेका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार तीन प्रहरी, नौ अन्य नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक सम्पर्कविहिन भएका हुन् । प्रहरीका असई लालबहादुर श्रेष्ठ, मुन्ना ठाकर र लोकेन्द्र बोहरा बेपत्ता भएका हुन्।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। ड्राइपोर्टमा रहेका गाडीहरुमा पनि ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले सडकमा पनि क्षति पुगेकाले धुन्चेदेखि टिमुरेसम्मको सडक पनि अवरुद्ध हुन पुगेको छ।