प्रचण्डद्वारा भोटेकोशीका बाढी पीडितप्रति दुःख व्यक्त, उद्धारमा खटिन नेता-कार्यकर्तालाई आदेश

1.33K
shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रसुवामा बाढीले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् । साथै, उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्य सहभागी हुन निर्देशन दिएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमार्फत् सो निर्देशन दिर्दै प्रचण्डले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् ।

‘भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ । बाढीले भएको क्षतिप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।’

मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।