भोटेकोशीमा भीषण बाढी, सीडीओ र डीएसपी गोष्ठीमा व्यस्त
वि.सं.२०८२ असार २४ मंगलवार १३:१०
shares

काठमाडौं ।
रसुवाको टिमुरे आएको भीषण बाढीले ठुलो क्षति भैरहँदा धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको छ ।
सुरक्षा गोष्ठीमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, डिएसपी हेमबहादुर शाही र सशस्त्र प्रहरीका डिएसपी रामहरी खड्का धुलिखेलको सुरक्षा बैठकमा सहभागी छन् । गृह मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत धुलिखेलमा सुरक्षा गोष्ठी चलिरहेको हो।
यो भीषम परिस्थितिमा रसुवामा निमित्त प्रमुख मात्रै रहेका छन्। विपद् परेका बेला सुरक्षा निकायका प्रमुखहरू नै जिल्लामा नहुनु र सुरक्षा गोष्ठीमा मस्त रहनुले बाढीबाट प्रभावितहरुको उद्धार र समन्वयमा समस्या हुने जानकारहरु बताउँछन् ।
राति रसुवास्थित रसुवागढीमा चीनतर्फ परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ९ नेपाली, ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन छन्। यस्तै १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल र ७ स्थानीय मानिस गरी ९ जनाको उद्धार गरिएको छ।
बाढीले जिल्ला रसुवा गोसाइकुण्ड गाउँपालिका(५ पासाङल्हामु सडक खण्डस्थित सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
चीनबाट आएको लेदोसहितको बाढीको प्रकोपले रसुवाका जनजीवन प्रभावित भएको छ । बाढीका कारण रसुवामा सडक अवरुद्ध छन्, भने उद्धार कार्य पनि जारी रहेको छ।












