जुलाई १ मा सार्वजनिक हुँदैछ नथिङको हेडफोन

1.44K
shares

काठमाडौं ।

नथिङको हेडफोन चाँडै नै सार्वजनिक हुने तयारीमा छ । त्यसअघि हेडफोनका विभिन्न फिचरको विषयमा जानकारीहरू बाहिर आउने क्रम जारी छ । यसैबिच हेडफोनको डिजाइनको भिडिओ पनि बाहिरिएको छ ।

भिडिओको अनुसार हेडफोनको आकार वर्गाकारको रहेको छ भने स्मार्टफोनको जस्तै यसको पनि पछाडिको भाग पारदर्शी छ । हेडफोनलाई फोल्ड गर्न नमिल्ने जस्तो देखिन्छ । तर यसको वर्गाकार डिजाइनले गर्दा बाहिरको आवाज रोक्नमा मद्दत गर्ने बताइएको छ ।

यस्तै यो हेडफोन ३२९ ग्रामको हुने बताइएको छ । कम्पनीले पहिले नै यो हेडफोन एप्पलको एअरपड्स म्याक्स भन्दा राम्रो हुने दाबी गरेको छ ।