राष्ट्रिय टोलीबाट सरस्वती हमालको डेब्यू
वि.सं.२०८२ असार १५ आइतवार १७:५७
shares

काठमाडौं ।
उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलबाट सरस्वती हमालले डेब्यू गरेकी छन् । घरेलु फुटबलमा सरस्वतीले एपीएफ क्लबबाट खेल्दै आएकी छन् ।
प्रशिक्षक प्याट्रिक डे वाइल्डले सार्वजनिक गरेको सुरुवाती ११ मा सरस्वतीले स्थान बनाएकी हुन् । नेपालको टोलीमा व्यापक परिवर्तन गरिएको छ । टोलीमा १० जना एपीएफबाट खेल्ने खेलाडी छन् ।
यसअघि नियमित खेल्दै आएका रेखा पौडेल, प्रीति राई र एन्जिला सुब्बा पहिलो रोजाइमा नै परेनन् । टोलीको कप्तानमा रेनुका नगरकोटे छन् । गोलकिपर अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर छन् ।
मिडमा सरु लिम्बु, रेनुका, सरस्वतीसँगै सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । समीक्षा बाहेक सबै एपीएफका खेलाडी हुन् ।
खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।












