वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत
वि.सं.२०८२ साउन ४ आइतवार १८:४५
1.51K
shares
shares

काठमाडौं ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
सदस्य मिश्रले साउन १ गते राष्ट्रपति कार्यालयमा पुगेर पदबाट दिएको राजीनामा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा स्वीकृत गरेका हुन् ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले सूचना निकालेपछि पद रिक्त हुने व्यवस्था छ ।













