सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने

1.29K
shares

काठमाडौं ।

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन-१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका हुन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख र उनका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।

पहिलोपटक नेपाललाई यो उपाधि दिलाउन सफल ढाँटलाई प्रधानमन्त्री ओलीले बधाई दिएका छन्। साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए।