पूर्वप्रधान मन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश
वि.सं.२०८२ माघ ७ बुधवार १३:२४
shares

काठमान्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधान मन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।
न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र हेमन्त रावलको संयुक्त इजलासले बुधबार बसेको मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको छ।












