बालेन सरकारमा को-को मन्त्री बन्दैछन् नाम टुंगियो

आजै मन्त्रिपरिषद विस्तार गरिदै प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी छ

1.38K
shares

काठमाडौं। रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्।

आजै मन्त्रिपरिषद विस्तार गरिदै प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी छ। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ।

स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ भने त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। खनाल यसअघि छोटो समयका लागि शिक्षामन्त्री बनेका थिए।

गृहमन्त्री सुदन गुरूङको र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ नाम टुंगो लागेको हो। प्रतिभा रावललाई कृषि तथा सामान्य प्रशासन मन्त्री बनाउने निरणय गरेको छ।

कानुन मन्त्री सोबिता गौतम,भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्रीमा निशा मेहता,उद्योग मन्त्री अमरेश सिंहलाई बनाउने भएको छ। महिला बालबालिका सीता वादी लगायतको मन्त्री निर्णय ।