सम्पत्ति शुद्धीकरणमा तीन पूर्वप्रधानमन्त्रीमाथि पनि प्रहरीले थाल्यो अनुसन्धान
चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान प्रहरी स्रोतले जानकारी
वि.सं.२०८२ चैत १५ आइतवार १३:५५
shares

काठमाण्डौ । नयाँ सरकारले हालै पूर्वी तीन मन्त्रीको लागि पक्राउ पुर्जी जारी गर्ने निर्णय गरेको छ।
अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान प्रहरी स्रोतले जानकारी दिएको छ।
आर्थिक अनियमितता र विकास परियोजनामा भ्रष्टाचारको आरोपमा उनीहरूलाई पक्राउ गर्न न्यायिक निकायलाई निर्देशन दिइएको हो।
सरकारले भनेको छ कि कानुनको पूर्ण पालना गर्दै, दोषीहरूलाई कडा कारवाही गरिनेछ, जसले भविष्यमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नेछ।
यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ।
उक्त मन्त्रीहरूलाई भ्रष्टाचारसम्बन्धी आरोपमा संलग्न रहेको र अनुसन्धानको लागि आवश्यक कारवाही अगाडि बढाउदै सरकारले स्पष्ट रूपमा कानुनी प्रक्रिया अघि बढाउने र दोषी पत्ता लागे कडा सजाय दिने प्रतिबद्धता जनाएको छ।
बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई पक्राउ गरेको हो।













