गायक धनराज चुनाराको स्वरमा ‘चमेली फूल राम्रो’ गित सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक भएको छ

11.22K
shares

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक भएको छ।

गायक धनराज चुनाराको स्वरमा ‘चमेली फूल राम्रो ‘ गीत हालै बजारमा  मधुर लोक भाकामा आधारित यस गीतले प्रेम र सम्झनाका भावनाहरूलाई उजागर गरेको पाइन्छ र गीतमा गाउँघरको परिवेश, प्रकृतिसँग जोडिएको अनुभूति र मायाको मिठास प्रस्तुत गरिएको छ ।

नेपाली गीत–संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै पछिल्लो समयका चर्चित गायक धनराज चुनारासँगै स्वरमा नयाँ गीत ‘चमेली फूल राम्रो’उक्त गीतको शब्द तथा संगीत पक्ष पनि आकर्षक रहेको निर्माण टिमले जनाएको छ। भिडियोमा ग्रामीण परिवेश र सांस्कृतिक झल्को समेटिएको छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।

सार्वजनिक भएसँगै ‘चमेली फूल राम्रो ‘ गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। श्रोताहरूले गायक धनराज चुनारा लाई साथमा गायिका मधु रसाइलीको स्वर रहेको उक्त गीत र प्रस्तुतीको प्रशंसा गरेका छन्। गीतमा सुप्रिम राज विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

उक्त गीतका शब्दहरू विश्व विनोदले लेखेका छन भने संगीत संयोजन डोलराज बारघरेको रहेको छ । गीतको रेकर्डिङ डाइनामिक स्टुडियोमा रोजित महर्जनले गरेका हुन् ध्वनी सम्पादन (मिक्सिङ÷मास्टरिङ) विमल छिनालले गरेको पाइन्छ।

उक्त गितको म्युजिक भिडियोमा महिला चर्चित मोडल विना राउत र प्रकाश सोनीको उत्कृस्ट अभिनय नृत्य देखिन्छ। भिडियोको कथा, निर्देशन र कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन्।

यस भिडियोको छायांकन दिपक गिरीको समुहले गरेको पाइन्छ र सम्पादन तथा रङ संयोजन सुजन कोइरालाले गरेका छन्। गित‘आर्ट सिन स्टुडियो’ मा सम्पादन गरिएको छ ।
यस गीतले नेपाली लोक संगीत प्रेमीहरू बीच थप चर्चा पाउने विश्वास गरिएको छ।

गितको लिंक तल दिइएको छ ।