ईरानले २४ घण्टा नबित्दै स्ट्रेट अफ होर्मुज पुनः बन्द गर्ने घोषणा

२४ घण्टाभित्रै फेरियो अवस्था: स्ट्रेट अफ होर्मुज जलडमरूमध्य पुनः बन्द गर्ने निर्णय

975
shares

तेहरान — इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरिएको घोषणा गरेको छ। यो निर्णयले अन्तर्राष्ट्रिय व्यापार, विशेषगरी पेट्रोलियम पदार्थ ढुवानीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

अमेरिकाले लगाएको नाकाबन्दी हटाएपछि मात्र इरानले विश्वको अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग होर्मजु खुला गर्ने निर्णय सहित २४ घण्टा नबित्दै पुन बन्द गर्ने घोषणा गरेको छ ।

इरानी अधिकारीहरूले सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको बताएका छन्। उनका अनुसार राष्ट्रिय सुरक्षामा चुनौती देखिएपछि समुद्री मार्ग नियन्त्रणमा लिनुपरेको हो।

स्ट्रेट अफ होर्मुज विश्वको करिब एक तिहाइ कच्चा तेल ओसारपसार हुने प्रमुख मार्ग मानिन्छ। यस मार्ग बन्द हुँदा विश्व बजारमा तेल आपूर्ति प्रभावित भई मूल्य वृद्धि हुने सम्भावना उच्च रहेको विश्लेषकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय तेल बजार र समुद्री व्यापारमा स्ट्रेट अफ होर्मुज विश्वको प्रमुख तेल आपूर्ति मार्ग बाट जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुन्छ। यस घोषणापछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ। विशेषगरी तेल आयातमा निर्भर देशहरू र व्यापारिक साझेदारहरूले अवस्थाको नजिकबाट निगरानी गरिरहेका छन्।

अमेरिका लगायत पश्चिमी देशहरूले समुद्री मार्ग खुला राख्न आग्रह गर्दै कूटनीतिक पहल तीव्र बनाएका छन्। उता, क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ, जसले विश्व अर्थतन्त्रमा दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।