विभिन्न स्थानबाट १४ जना लागु औषधसहित पक्राउ

देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १४ जनालाई पक्राउ

1.86K
shares

काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट सोही गाउँपालिका-६ बस्ने लक्ष्मण राजवंशी बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने गौरव पुन मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरिएको छ्।

त्यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरसुनसरी, इनरुवा नगरपालिका-४ बाट सोही उपमहानगरपालिका-१८ का जेम्स राई र सोही उपमहानगरपालिका-१७ का सिद्धार्थ चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय पक्राउ परेका छन्।

 

कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट सोही उपमहानगरपालिका-१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन्।

मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट जानकी गाउँपालिका-२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ।

कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।