इजरायली आक्रमणमा फेरि पत्रकार मारिए

1.63K
shares

काठमाडौं।

गाजा सिटीको अल-शिफा अस्पताल नजिक पत्रकारहरूको टेन्टमा इजरायली हवाई आक्रमण हुँदा अल-जजिराका चार जना पत्रकारको मृत्यु भएको छ। अल-जजिराका अनुसार मृत्यु हुनेमा संवाददाता अनस अल-शरीफ, मोहम्मद कुरैकाह, क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेको बीबीसीले जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले आक्रमणको पुष्टि गर्दै अल-शरीफलाई हमासको ‘आतङ्कवादी सेलको प्रमुख’ भएको आरोप लगाएको छ । आईडीएफले उनलाई पत्रकारको आवरणमा काम गर्ने र इजरायली नागरिक तथा सैनिकमाथि रकेट आक्रमणका लागि जिम्मेवार भएको दाबी गर्‍यो तर अन्य पत्रकारहरूको मृत्युबारे कुनै टिप्पणी गरेको छैन।

अल–जजिराले यसअघि नै आईडीएफ माथि आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै “उत्तेजना फैलाउने अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो।बीबीसीका अनुसार आक्रमणपछि प्राप्त ग्राफिक भिडियोहरूमा मृतकका शव बोकेका मानिसहरू देखिन्छन्। केहीले मोहम्मद कुरैकाहको नाम चिच्याइरहेका छन् भने प्रेस भेस्ट लगाएका एक व्यक्तिले अनस अल-शरीफको शव भएको पुष्टि गरेका छन्। जर्नालिस्ट्स (सीपीजे)का अनुसार, अक्टोबर २०२३ मा गाजामा सुरु भएको इजरायली सैन्य आक्रमणपछि हालसम्म १८६ पत्रकारको मृत्यु पुष्टि भइसकेको छ। बीबीसीबाट