उपसभामुख रानाको अमेरिका भ्रमणप्रति कांग्रेसको प्रश्न
वि.सं.२०८२ भदौ ४ बुधवार १४:०५
1.25K
shares
shares

काठमाडौं ।
उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले डाकेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न उठाएका हुन् ।
अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानाविरुद्ध सत्तारुढ दल एमाले र कांग्रेसले पदीय आचरण विपरीत काम गरेको भन्दै हटाउन भन्दै हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।












