पूर्वप्रधानमन्त्री प्रचण्डको निवासमा आगजनी

1.59K
shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले आगजनी समेत गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।