सरकारको नेतृत्व विवादका कारण सैनिक मुख्यालय वरिपरि तनाव
वि.सं.२०८२ भदौ २५ बुधवार २१:३८
1.59K
shares
shares

काठमाडौं ।
सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर सैनिक मुख्यालय बाहिर विवाद सुरु भएको छ । जेनजी प्रतिनिहरू भन्दै युवाहरूले प्रस्तावित नामहरूको विरोध गरेका छन्।
जेनजीहरूको भर्चुअल बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सकारको नेतृत्व दिने तयारी गरेका छन्।
जेनजीले गरेको भोटिङमा लोकप्रिय मत कोआधारमा कार्कीलाई सरकारको नेतृत्व सुम्पिने तयारी छ । सोही प्रस्ताव लिएर जंगी अड्डामा वार्ता गर्न जाने तयारी उनीहरूको छ। तर, धेरै समूहका प्रतिनिधिहरू जंगी अड्डामा पुगेपछि सेनाले उनीहरूलाई गेटमै रोकेका थिए।












