कोशी सरकारले ल्याएको बजेटमा चरम लुटपाट भयो : आङ्बो

1.44K
shares

विराटनगर ।

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित भएको भन्दै त्यसले स्रोतको लुटपाटलाई प्रश्रय दिएको आरोप दगाउनु भएको छ । प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाउनु भएको छ ।

नेता आङ्बोले सरकारले संसदीय प्रक्रिया र मर्यादालाई मिचेर अघि बढेको बताउनु भयो। ‘संसद विपक्षीको आवाज मुखरित गर्ने ठाउँ हो, तर यहाँ प्रतिपक्षीको आवाज दबाउन खोजियो र मन्त्रीहरूले जवाफ दिनुको साटो सदनलाई हप्काउने काम गर्नुभयो,’ उहाँले भन्नुभयो ।

आङ्बोले बजेट विनियोजनमा चरम असन्तुलन देखिएको दाबी छ । । उहाँले तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो, ‘यो चोटि स्रोतमा चरम दोहन र लुटपाट भएको छ। केही सीमित जिल्लामा अर्बौंको बजेट थुपारिएको छ भने चारजना सांसद भएको पाँचथर जस्तो जिल्लामा जम्मा ३६ करोड मात्रै छुट्याइएको छ। यो न्यायोचित वितरण होइन।’

आफ्नो कार्यकालमा प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा बहुवर्षे आयोजनाहरू पुर्‍याउने गरी सन्तुलित बजेट ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकार आफ्ना कमजोरी लुकाउन विगतलाई दोष दिएर उम्किन खोजेको आरोप लगाउनु भएको छ ।