जनकपुरमा रेल र कार ठोक्किए

1.82K
shares

धनुषा ।

जनकपुरमा रेल र कार एक आपसमा ठोक्किँदा रेल सेवा अवरुद्ध भएको छ। नेपाल रेल्वे कम्पनीको रेल र एक निजी कार जनकपुर क्रसिङमा ठोक्किएको हो।

बागमती प्रदेश०१ (०२५च १२९) नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ भने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।