तोलामा १ हजार घट्यो सुन
वि.सं.२०८२ असार १५ आइतवार १६:५५
1.04K
shares
shares

काठमाडौं ।
सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ढिला मूल्य तय गरेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १४० मा झरेको छ ।












