शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई महालेखाको सम्मान

1.18K
shares

काठमाडौं ।

महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सून्य बेरुजु कायम गरेको भन्दै सम्मान गरेको छ ।
महालेखको ६७औं वार्षिकोत्सव समारोहमा कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापतिले गाउँपालिका अध्यक्ष अध्यक्ष कान्छालाल तामाङ्लाई सम्मानपत्र प्रदान गरे ।

महालेखाले सबैभन्दा कम बेरुजु गर्ने ७ वटा प्रदेशका ७ वटा स्थानीय तहलाई समेत सम्मान गरेको छ । प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अंक कायम गर्न सफल ४ नगरपालिका र ३ वटा गाउँपालिका सम्मानित भएका छन् ।

सम्मानित हुनेमा कोशीबाट सोलुखुम्बुको शोलुदुधकुण्ड नगरपालिका, मधेशबाट रौतहटको इशनाथ नगरपालिका, बागमतीबाट काभ्रेको मण्डन देउपुर नगरपालिको, गण्डकीबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका, लुम्बिनीबाट अर्घाखाँचीको पाणिनी गाउँपालिका, कर्णालीबाट सल्यानको त्रिवेणी गाउँपालिका र सुदुरपश्चिमबाट अछामको पञ्चदेवल विनायक नगरपालिका छन् ।

महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ ।