स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ, वीरको भीभीआईपी वार्डमा उपचार

1.07K
shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् ।

मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार अस्पतालका विभिन्न विभागीय प्रमुख समेत उपचार प्रक्रियामा सहभागी छन् ।