चेल्सी र पाल्मेइरस क्लब विश्वकप २०२५ को क्वार्टरफाइनलमा

1.25K
shares

काठमाडौं ।

संयुक्त राज्य अमेरिकामा भइरहेको फिफा क्लब विश्वकप २०२५ मा इंग्ल्यान्डको चेल्सी र ब्राजिलको पाल्मेइरास क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

चेल्सीले पोर्चुगलको बेन्फिकालाई अतिरिक्त समयमा ४-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा चेल्सीले तीन गोल थप्दै फराकिलो जित दर्ता गर्यो।

अर्कोतर्फ, पाल्मेइरासले ब्राजिलकै क्लब बोटाफोगोलाई १-० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्यो। उसले पनि अतिरिक्त समयमै जित निकालेको हो।  अब अन्तिम आठमा चेल्सी र पाल्मेइरास भिड्नेछन्।

फिफा क्लब विश्वकप २०२५ पहिलो पटक ३२ टोली सहभागी रहेको ठूलो प्रतियोगिता हो, जुन अहिले अमेरिका भरिका विभिन्न शहरहरूमा भइरहेको छ। यस प्रतियोगितामा युरोप, दक्षिण अमेरिका, अफ्रिका, एशिया, कन्काकाफ र ओसियनियाका शीर्ष क्लबहरू भिडिरहेका छन्।