भुटानविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रदैँ नेपाली महिला टोली

1.46K
shares

काठमाडौं ।

नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ । एएफसी यु-२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो र।

नेपाली महिलाटोलीले बुधबारको ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।

दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने-सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो । नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो ।