सामूहिक बलात्कारपछि हत्या, पाँच जना पक्राउ
वि.सं.२०८२ असार १३ शुक्रवार १३:२९
shares

काठमाडौं ।
सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। असार १० गते भोटेकोशी गाउँपालिका(५ को एक जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलासा भएको हो।
बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । उनले भने, ‘हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेका छौँ ।’












