थर्ड अम्पायरको आलोचना गरेपछि वेस्ट इन्डिजका प्रशिक्षक सामीलाई जरिवाना

1.27K
shares

काठमाडौं ।

वेस्ट इन्डिजका प्रशिक्षक ड्यारेन सामीले बार्बाडोसमा भएको अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको दौरान थर्ड अम्पायर एड्रियन होल्डस्टकको आलोचना गरेपछि आइसिसीले जरिवाना गरेको छ। सामी दोस्रो दिनको दुई निर्णयललाई लिएर रिसाएका थिए। रोस्टन चेजको एलबिडब्ल्यू आउटमा भित्री किनारा लागेको संकेत हुँदा पनि होल्डस्टकले निर्णय कायम राखेका थिए।

शाइ होपको ब्याटिङमा भित्री किनारामा लागेर एलेक्स केरीले गरेको क्याचलाई मान्यता दिइएको थियो। तर पहिलो दिन पनि होल्डस्टकले ट्राभिस हेडको बलमा होपले लिएको यस्तै तलको क्याचलाई मान्य नहुने ठहर गरेका थिए।

दोस्रो दिनको खेलपछि बोल्दै सामीले इङ्ल्यान्डमा भएको हालैको एकदिवसीयसिरिजदेखि नै होल्डस्टकको अम्पायरिङप्रति चिन्ता रहेको बताएका थिए। उनले भनेका थिए, ‘तिमी यस्तो अवस्थामा पुग्न चाहँदैनौ जहाँ निश्चित अम्पायरबारे प्रश्न उठ्छ। के यो टिमविरुद्ध केही छ तरु तर जब बारम्बार यस्ता निर्णय हुन्छन्, तब प्रश्न उठ्छ।’

सामीको आलोचनानालई आइसीसीको आचारसंहिता धारा २.७ उल्लङ्घन गरेको ठहर गरिएको छ। अन्तर्राष्ट्रिय खेलमा भएको घटना, खेलाडी, सहयोगी स्टाफ, म्याच अफिसियल वा टिमविरुद्ध सार्वजनिक आलोचना वा अनुचित टिप्पणी गर्न नहुने उक्त धारामा उल्लेख छ।

उनलाई लेभल-१ को गल्तीका लागि म्याच फीको १५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक थपिएको छ। यो उनको २४ महिनामा पहिलो गल्ती हो। सामीले गल्ती स्वीकार गरी म्याच रेफ्री जावगल श्रीनाथले प्रस्ताव गरेको सजाय स्वीका गरेका छन्।