स्कारपियो दुर्घटनामा श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर घाइते

1.81K
shares

मन्थली ।

रामोछाप जिल्लाको मन्थलीबाट हेटौँडा जादै गरेको स्कारपियो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

बा१३ च ३९३५ नम्बरको सवारी साधान स्कारपियो गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको हो । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार स्कारपियोका चालक एव उनका पति उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो । मन्थली-७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न बिहान हेटौँडा जाँदै गरेका बुझिएको छ ।