गाजा कब्जा योजनाविरुद्ध इजरायलमा विशाल प्रदर्शन

1.72K
shares

काठमाडौं ।

इजरायलमा गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको योजना विरुद्ध व्यापक विरोध प्रदर्शन शुरु भएको छ। उग्रवादी समूह हमासको कब्जामा रहेका बन्धकको रिहाइ निम्ति शनिबारदेखि नै इजरायलको राजधानी जेरुसेलममा प्रदर्शन भएको हो ।

नेतन्याहूको सुरक्षा मन्त्रालयले गाजा सहरलाई नियन्त्रण गर्ने निर्णय स्वीकृत गरेको केही घण्टामा नै प्रदर्शनहरु सुरु भएका हुन्  । प्रदर्शनकारीहरूमध्ये धेरैले बन्दीहरूको ज्यान जोखिममा पर्न सक्ने भन्दै नीतिमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्  । यस योजनाप्रति सेना, युरोपेली साझेदारहरू, संयुक्त राष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर आपत्ति जनाइरहेका छन्  ।

नेतन्याहूले यस रणनीतिक कदमले गाजा कब्जा मात्र नभई सुरक्षा बढाउने उद्देश्य राखेको बताएको छ, तर यसले युद्धलाई थप तीव्र बनाउने र मानविय संकट गहिरो बनाउने चेतावनी पनि उच्च रहेको छ । इजरायलका पूर्वसैनिक म्याक्स क्रिस पनि प्रदर्शनमा सहभागी थिए । उनले बोकेको प्लेकार्डमा ‘म अस्वीकार गर्छु’ लेखिएको थियो । जेरुसेलममा मात्र होइन, गाजा कब्जा योजनाविरुद्ध इजरायलको तेल अभिभ र हाइफासहित धेरै शहरहरूमा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

इजरायली सुरक्षा परिषद्‌लेउ शुक्रबार गाजा शहरमा नियन्त्रण गर्ने प्रधानमन्त्री नेतन्याहूको योजनालाई अनुमोदन गरेको थियो । इजरायली सेनाले गाजा शहर नियन्त्रण र युद्ध अन्त्य गर्न सुरक्षा परिषद्‌ले दिएको पाँच चरण अन्तर्गत काम गर्ने जनाएको छ । एजेन्सीबाट