अफगानिस्तानमा बस दुर्घटना, ७३ जनाको गुमाए ज्यान
वि.सं.२०८२ भदौ ४ बुधवार १५:३९
shares

काठमाडौं ।
अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । जसमा १७ बालबालिकासमेत छन् । बीबीसीकाअनुसार इरानबाट डिपोर्ट गरिएका अफगानी नागरिक सवार बस मंगलबार दुर्घटना भएको हो ।
तालिबानका एक अधिकारीकाअनुसार हेरात प्रान्तमा एक ट्रक र मोटरसाइकल उक्त गाडीमा ठोक्किँदा आगलागी भएको हो ।
बसमा सवार सबैको मृत्यु भएको र अन्य सवारी साधनका दुई जनाको पनि मृत्यु भएको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मोत्ताकीले जानकारी दिए ।
हेरात प्रहरीले एएफपीलाई बताएअनुसार बस चालकको लापरबाही र अत्यधिक गतिका कारण दुर्घटना भएको जनाएको छ ।
हालैका महिनाहरूमा इरानले द्वन्द्वबाट भागेर आएका कागजात नभएका अफगानी आप्रवासीहरूलाई देश निकाला गर्दै आएको छ । एजेन्सी ।












