सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा दिए रिट
वि.सं.२०८२ भदौ २० शुक्रवार १६:३८
1.83K
shares
shares

काठमाडौं ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन पेश गरेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।












