रास्वपाका जगदीश खरेललाई आयाेगले तीन दिने स्पष्टीकरण साेध्याे

2.16K
shares

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका जगदीश खरेललाई निर्वाचन आयाेगले स्पष्टीकरण साेधेकाे छ । दाेलखाबाट उम्मेदवार बनेका खरेललाई बिहीबार आयाेगले स्पष्टीकरण साधेकाे हाे ।

२०८२ निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएकाेमा खरेल तीन दिन भित्र पेस गर्ने गरी कानुन अधिकृत माेहनराज जाेशीले स्पष्टीकरण साेधिएकाे छन ।

स्पष्टीकरण पत्रमा भनिएकाे छ आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ (पच्चीस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ?

यदि हो भने ३ (तीन) दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून वमोजिम कारबाही गर्नु पर्ने छ ।  माथि उल्लेख भएजस्तो कार्य गर्नु भएको हो भने तपाईंलाई किननपर्ने हो ? यस पत्र प्राप्त भएको निर्णयानुसार अनुरोध छ ।